काठमाडौं । तिहार लगत्तै आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा पछि शुरु हुने भएको छ । धेरैजना कोरोना भाइरसकाे संक्रमका कारण लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो । यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ ।
लकडाउन शुरु भएपछि वर्षाैदेखि हुन नसकेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम विभागले यस अवधिमा सम्पन्न गरेको छ । अब ट्रायल पास भएको करिब एक साताभित्र नै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी विभागले गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तिहारपछि स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए।
यो पनि पढ्नुहोस्:
आफ्नो लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरि अनलाइनबाटै थाहा पाउनुहोस्
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट भए नभएको अनलाइनबाट पनि हेर्न सकिने सेवाको सुरुवात गरेको छ। सवारी अनुमतिपत्रका लागि ट्रायल पास त गरियो तर, लाइसेन्स आउने कहिले त्यो यकिन हुँदैन । त्यसो हुँदा स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले आउँछ भनेर कि त कार्यलय धाउनुपर्यो कि यातायात कार्यालयहरुको फेसबुक पेज ‘एकान्तकुना लाइसेन्स’ मा पर्खिएर बस्नु पर्ने हुन्छ ।
यस किसिमको वाध्यता लामो समयदेखि छ । मोबाइलबाटै म्यासेज पठाएर जानकारी लिने अर्को विकल्प छ । यातायात कार्यालयले विगत केही समयदेखि लिखित परीक्षाको नतिजा र स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको एसएमएसबाटै हर्ने सकिने बनाएको छ । लिखित परीक्षाको नतिजा हेर्नका लागि डब्लुटी (WT) लेखी एक स्पेस दिने, त्यसपछि आवेदन दिने बेलाको दर्ता नम्बर लेखी ३३००१ मा एसएमएस गर्न सकिन्छ ।
त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि एलसी (LC) लेखी एक स्पेस दिने, त्यसपछि आवेदन दिँदाको दर्ता नम्बर लेखेर ३३००१ मा एसएमएस गर्न सकिन्छ । यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएकाे छ । यसअन्तर्गत तपाईंको लाइसेन्स प्रिन्ट भए/नभएको साथै प्रिन्ट भएको खण्डमा कुन कार्यालय, कहाँ पठाइएको छ भन्ने जानकारी समेत उपलब्ध गराउन थालेको छ ।
त्यसका लागि तपाईंले सुरुमा यातायात कार्यालयकाे वेबसाइटमा जानुहोस् । उक्त वेबसाइटको दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिंक’हरु भन्ने सेक्सनभित्र रहेको ‘सवारी चालक अनुमतिपत्र खोजी’ भन्ने अप्सनमा क्लिक गर्नुहोस । अथवा यहाँ क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै त्यहाँ तपाईंले नाम, ड्राइभिङ लाइसेन्स नम्बर लगायतका आवश्यक जानकारी भर्नुपर्ने हुन्छ । उक्त स्थानमा आवश्यक जानकारी भरी दाँया साइडमा रहेको ‘चेक स्ट्याटस’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंहरुले आफ्नो अनुमतिपत्र प्रिन्ट भएको छ वा छैन जानकारी प्राप्त गर्नु हुनेछ ।