यी नै हुन महरा र बाँस्कोटा काण्ड बाहिर ल्याउने पत्रकार ! सम्मान स्वरुप शेयर गराैँ



काठमाडौं !सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अन्तत राजीनामा दिएका छन् । बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएर राजिनामा गर्न बाध्य पार्ने पत्रकार अजयबाबु सिवाकोटीको चौतर्फी चर्चा भएको छ ।

नयाँ पत्रिकाका संवाददाताले पत्रिकामा ठाउँ नपाएपछि पदबाटै राजीनामा दिएको यस्तो सनसनी समाचारलाई हाम्रा कुरा डटकममा सिवाकोटीले प्रमुखताका साथ स्थान दिएका थिए ।
सम्पादक सिवाकोटीले यस अघि पनि कृष्णबहादुर महराको समाचार प्रकाशन गरेका थिए । सभामुखबाट राजीनामा गर्न बाध्य पारेको समाचार सिवाकोटी पछि अन्य सञ्चारमाध्यमले प्रकाशन गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार