वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा



मकवानपुर । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा विदा दिइएको प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले बताए ।

गत कात्तिक २३ मा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्था अनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख गरिए बमोजिम प्रदेश सरकारले अघि बढाएको हो

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार