मकवानपुर । बागमती प्रदेश सरकारका नव नियुक्त तीन मन्त्रीको आज (विहीबार)का लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्वस्थ भएपछि उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले आज दिउँसो १ बजे हुने भनिएको शपथ कार्यक्रम स्थगित गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा, देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि समारोहमा उपस्थित हुन नसक्ने हुँदा शपथग्रहण अर्को सूचना नभएसम्मका लागि रोकिएको उल्लेख गरिएको छ।
प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले देवकोटा अहिले काठमाडौँमा उपचाररत रहेको जानकारी दिएका छन्।
प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार





