कुलमानको दाबी- अबको चुनावपछि बागमती प्रदेशमा हाम्रो सरकार बन्छ



काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् ।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने रहेको उनले बताए । घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनामा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार