शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त



काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार भक्तपुर निवासी डा.लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिएको हो।

त्यस्तै, आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरिएको छ। नवनियुक्त पदाधिकारीहरूले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउने तथा शिक्षक छनोट, नियुक्ति र व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार