रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १, २ र ३ का बाढीपीडितलाई काठमाडौँ फोटोग्राफर संघले राहत सामग्री वितरण गरेको छ। संघले विकट क्षेत्रमा पुगेर २०० भन्दा बढी बाढीपीडितलाई खाद्यान्नलगायत आवश्यक राहत सामग्री वितरण गरेको जनाएको छ। राज्य तथा अन्य निकायको पहुँच पुग्न नसकेको उक्त क्षेत्रमा संघको टोली तीन दिनको कठिन यात्रा तय गर्दै राहत लिएर पुगेको थियो।
बाढीपीडितसम्म राहत पुर्याउन नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले राहत सामग्री ढुवानीमा सहयोग गरेको थियो भने स्थानीय वडा कार्यालयहरूले राहत वितरण कार्यमा सहजीकरण गरेका थिए। विपद्को कठिन घडीमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने सम्पूर्ण दाता, सहयोगी र सहयात्रीप्रति काठमाडौँ फोटोग्राफर संघले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
राहत अभियानलाई सफल बनाउन थ्री सिक्सटी बिजनेस ग्रुप, आनन्द प्रभाकर घिमिरे, केशव राज भट्टराई, हरि ज्ञवाली, धर्मराज केसी, कालिका प्रसाद रिमाल, लक्ष्मण अधिकारी, नारायण रिमाल, भोला काफ्ले, भवदेव थापा, भुवनेश्वर भट्टराई, हरि प्रसाद घिमिरे, रेन्जु मगर, वासुदेव घिमिरे, सुजन तिमिल्सिना, वासु थापा, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी, श्यामबहादुर श्रेष्ठ, नवराज घिमिरे, नवराज धामी, राजभाई सुवाल, मञ्जु कुमार श्रेष्ठ, भोजराज घिमिरे, मोतीबहादुर बोगटी, ललिता खड्का, दलमणि महतो, बालकृष्ण श्रेष्ठ, रेशमराज पण्डित (कमल), दिगम्बर राजवंशी, रविमुनि बज्राचार्य, रामचन्द्र भट्ट, झक्कु रोका, सुरज कोइराला, कृष्ण पराजुली, चन्द्रबहादुर गिरी, जीवन काफ्ले, चन्द्रलाल राई, सुरेश श्रेष्ठ, मनोज श्रेष्ठ र नन्द सायम श्रेष्ठलगायतले सहयोग गरेका थिए।
काठमाडौँ फोटोग्राफर संघले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूप्रति पुनः धन्यवाद व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको जनाएको छ।







