काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताए ।
उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे ।
उनले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताए । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उनको दाबी छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार






