सन्दीपले तोडे स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी



काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । उनले मिचेल स्टार्क को कीर्तिमान तोडेका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड विरुद्ध २ विकेट लिएसँगै सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गरेका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए ।

सन्दीप ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी पनि हुन् । उनले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।

सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडीआईमा डेब्यु गरेका २५ वर्षीय सन्दीपले हालसम्म ७३ खेलमा १५१ विकेट लिइसकेका छन् । ब्याटिङतर्फ उनले ५०० रन बनाएका छन् ।

यस्तै, टी–२० अन्तर्राष्ट्रियमा उनले ७४ खेलमा १३६ विकेट लिएका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार