त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशमार्फत उपकुलपतिसहित विश्वविद्यालयका सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री तथा कुलपतिले उनलाई उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार