सकियो मतगणना, केहीबेरमा अन्तिम परिणाम घोषणा हुँदै



प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिले इलाम–१ र गोरखा–१ को मतगणना भइरहेको छ र त्यो सकिएलगत्तै अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

हालसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भइसकेको छ।
जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ भने नेपाली कांग्रेस ले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ।

त्यस्तै नेकपा एमाले ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टी ले ८ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टी ले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ७१ हजार ५०१जनमत पार्टी ले ७८ हजार ९७३ मत प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार