काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ। हालसम्म १९ लाख ७९ हजार १८१ मत गणना हुँदा रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाली कांग्रेस ले ३ लाख ३७ हजार ७३२, नेकपा एमाले ले २ लाख ६९ हजार ७० र नेपाल कम्युनिस्ट पार्टी ले १ लाख १८ हजार ९२० मत पाएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७३ हजार १८१ मत पाएको छ भने श्रम संस्कृति पार्टी ले ४२ हजार ७८७ र राष्ट्रिय परिवर्तन पार्टी ले २३ हजार ६२४ मत प्राप्त गरेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी नेपाल ले १३ हजार ६८९, नेपाल मजदुर किसान पार्टी ले ९ हजार ७५८, राष्ट्रिय मुक्ति पार्टी नेपाल ले ९ हजार १२१, जनमत पार्टी ले ८ हजार ६०३ मत पाएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी ले ५ हजार ८८४, राष्ट्रिय जनमोर्चा ले ५ हजार ५५० र राष्ट्र निर्माण दल नेपाल ले ५ हजार ५२५ मत प्राप्त गरेका छन्।





