एमाले झण्डा जलाउने प्रकरण: थप दुई जना प्रहरी नियन्त्रणमा



नेकपा एमाले को झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ का २४ वर्षीय विक्रम परियार पक्राउ परेका हुन्। यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–७ का बुद्धि बहादुर बस्नेत लाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।

गत फागुन ७ गते बिहिवार रास्वपाका समर्थकहरुले   तुलसीपुरस्थित वीरेन्द्रचोकमा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाइएको घटना सार्वजनिक भएपछि अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले बताएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शनिवार