आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुनले आफू चुनावमा होमिनुको कारण खुलाएका छन् ।
पुनले आफू मन्त्री रहेका बेला चाहेको काम गर्न नपाएका कारण रिस उठेर चुनाव लड्न दगुरेको बताएका छन् ।
अब चुनाव प्रचारमा जाने बताउँदै पुनले भने, ‘शिक्षा क्षेत्रमा आमसुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको तीनवटा अध्यादेश र चारवटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएनँ । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्मल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’
पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बुधवार





