हिमालयन जाभा कफीको नयाँ आउटलेटको भव्य उद्घाटन आज



काठमाडौं । हिमालयन जाभा कफीले लैनचौरस्थित आफ्नो नयाँ आउटलेटको भव्य उद्घाटन आज सम्पन्न गर्ने भएको छ। कम्पनीले शुक्रबार, जनवरी १६, २०२६ (माघ २ गते) बिहान १० बजेदेखि काठमाडौंको द मल्ल होटल परिसर, लैनचौरमा विशेष समारोहसहित ग्राण्ड ओपनिङ आयोजना गरेको हो।

नेपाली कफीको प्रवर्द्धन र गुणस्तरीय कफी संस्कृतिलाई निरन्तरता दिँदै आएको हिमालयन जाभा कफीले नयाँ आउटलेटमार्फत शिल्पकला, संस्कृति र उत्कृष्ट कफीप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ गर्ने जनाएको छ। सन् १९९९ देखि नेपाली कफी सेवा प्रदान गर्दै आएको कम्पनीका लागि यो अर्को महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।
कम्पनीले उक्त अवसरमा शुभेच्छुक, ग्राहक तथा सरोकारवालाहरूको उपस्थितिलाई आफ्नो निरन्तर यात्राको एक महत्वपूर्ण उत्सवको रूपमा लिएको छ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार