ज्योति मगरले भोट माग्दापनि जित्न सकेनन् पूर्णबहादुर गुरुङ



काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा जनजाति खुल्लातर्फ केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङ पराजित भएका छन्। गुरुङको पक्षमा गायिका ज्योति मगरले सक्रिय रूपमा भोट मागे पनि उनलाई जिताउन भने सफल हुन सकिनन्।

महाधिवेशन अवधिभर ज्योति मगर दुई दिनसम्म भृकुटीमण्डपमा उपस्थित भई गुरुङको पक्षमा मत मागिरहेकी थिइन्। तर, अन्तिम मतपरिणाममा गुरुङ पराजित भए। पराजयपछि गुरुङले निर्वाचनमा सहभागी भई मत दिने प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै हार स्वीकार गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार