साहस ऊर्जाको साधारणसभा सम्पन्न, २२.११% लाभांश र १००% हकप्रद शेयर घोषणा



२५ मंसिर, काठमाडौं — कम्पनीले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्दै गत आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक लाभांश वितरण गर्ने निर्णय गरेको छ। बुधबार (मंसिर २४) बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको साधारणसभा कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको सभापतित्वमा तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सभा बिहान ११ बजे सुरु भएको थियो, जहाँ कम्पनीका शेयरधनी, सञ्चालक समिति, निरीक्षक तथा विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
२१% बोनस र १.११% नगद गरी कुल २२.११% लाभांश
साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको कुल २२.११ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ, जसअनुसार बोनस वितरणपछि पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।१०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित
सभा द्वारा स्वीकृत अर्को महत्वपूर्ण निर्णय अनुसार, बोनसपछि कायम हुने चुक्तापुँजीको १:१ अनुपातमा १००% हकप्रद शेयर जारी गरिनेछ।
यसका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।
यसबाहेक, यदि भविष्यमा नियामक निकायबाट थप परिमार्जन वा सुझाव आएमा त्यसअनुसार आवश्यक समायोजन गर्न समितिलाई अधिकार प्रदान गरिएको छ।

वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति समेत स्वीकृतसभाले गत आर्थीक
वार्षिक प्रतिवेदनलेखा परीक्षण प्रतिवेदनलाई स्वीकृत गर्दै चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्यो।
लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर ५ गते बुक–क्लोज
कम्पनीले यसअघि नै लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।
त्यसैले, मंसिर ५ गतेभन्दा अघि नाम दर्ता भई कायम भएका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य मानिएका छन्।

कम्पनीका अनुसार लाभांश वितरण तथा हकप्रद जारी प्रक्रिया नियामक निकायका स्वीकृतिपछि छिट्टै अघि बढाइनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार