काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियू क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
लुम्बिनी लायन्सले यसअघि खेलेका ६ खेलबाट ६ अंक जोडेको छ। लुम्बिनीले आजको खेलमा जित हासिल गर्न सके पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिनेछन्।
उता, जनकपुर बोल्ट्सले हालसम्म ५ खेलबाट २ अंक मात्र बटुलेको छ, जसले टोलीका लागि आजको खेल ‘कर या मर’ को अवस्थाजस्तै महत्वपूर्ण बनेको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार





