काठमाडौँ । नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनमा काठमान्डु गोर्खाज प्लेअफमा छनोट भएको छ। बिहीबार कीर्तिपुरमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गरेको हो।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा १५२ रनमै अलआउट भयो। ऋषि धवनले ५४ रन बनाए पनि टोलीलाई बचाउन सकेनन्। काठमान्डुका शाहब आलमले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए।
पहिलो ब्याटिङ गरेको काठमान्डुले बेन चाल्र्सवर्थ (६४) र भीम सार्की (५५) का अर्धशतकीय इनिङ्समा १६५ रन बनाएको थियो।
यो जितसँगै काठमान्डु दोस्रो प्लेअफमा पुग्ने टिम बन्यो, भने पोखराको मौका कमजोर भएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार





