काठमाडौं । नेशनल बायो टेक लिमिटेडको दोस्रो वार्षिक साधारणसभा ९एजीएम० आज काठमाडौंको नयाँबजार स्थित ए–वन क्याफे एण्ड पार्टी भेन्युमा सम्पन्न भएको छ। मंसिर ५ गते सम्पन्न सभामा शेयरधनी, कम्पनीका पदाधिकारी तथा सरोकारवाला सहभागिता रहेको थियो ।
सभामा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा क्यास–फ्लो स्टेटमेन्टमाथि समीक्षा सहित पारित भएको छ।
कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । एजीएमले अनुमति दिएसँगैकम्पनीले पहिलो पटक पूँजीबजारमा प्रवेश गर्ने तयारीलाई औपचारिकता मिलेको छ, जसले संस्थागत विस्तार तथा बजार वृद्धि रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यससँगै सभाले आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तय गर्ने, नियमावली तथा प्रबन्धपत्रमा परिमार्जन गर्ने लगायतका एजेण्डा पारित गरेको छ।
नेशनल बायो टेक लिमिटेड नेपालको उदाउँदै गएको बायोटेक्नोलोजी क्षेत्रमा क्रियाशील कम्पनी हो।