काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जीत दर्ता गरेको छ। शुक्रबार भएको पाँचौँ दिनको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो।
१९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र जोड्न सक्यो। सुदूरपश्चिमले लगातार दुई खेल जितेको छ भने पोखराले लगातार दोस्रो हार व्यहोरेको छ।
पोखराका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। जिमी नीशमले ४५ रन र डान डौथवेटले अन्त्यतिर ३७ रनको योगदान दिए पनि लक्ष्य पुग्न पर्याप्त भएन। पावरप्लेमा रनगतिमा कमी आएपछि टोली दबाबबाट उठ्न सकेन।
सुदूरपश्चिमका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी, नरेन साउद र अविनाश बोहराले १–१ विकेट लिए।





