विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल निर्वाचित



काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। कार्तिक २९ गते सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि महासंघको सातौँ कार्यकालका पदाधिकारीहरू निर्वाचित गरेको हो।

अध्यक्षमा दिलिप कुमार अग्रवाल चुनिएसँगै महासंघको नयाँ कार्यसमिति गठन भएको छ। उपाध्यक्षमा गोपाल अग्रवाल (प्रथम), लेखनाथ सापकोटा (द्वितीय) र प्रकाश चन्द्र पाण्डे (तृतीय) निर्वाचित भएका छन्। त्यसैगरि, महासचिवमा शंकर देवकोटा, कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल तथा सह–कोषाध्यक्षमा शंकर प्रसाद पोख्रेल चयन भएका छन्।

कार्यसमिति सदस्यहरू चयन
साधारण सदस्यतर्फबाट ओमप्रसाद चालिसे, सरोजकुमार रेग्मी, कृष्णप्रसाद कुइँकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी र डोलराम न्यौपाने कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। प्रदेशगत सदस्यतर्फ कोशी प्रदेशबाट चन्द्रमणि देवकोटा, मधेश प्रदेशबाट प्रेमकुमार ठाकुर, बागमती प्रदेशबाट दिबेश कुमार जैन र लुम्बिनी प्रदेशबाट दिपक पौडेल चयन भएका छन्।

नवीन नेतृत्वप्रति महासंघको अपेक्षा
महासंघले नयाँ नेतृत्वले विद्युत् व्यवसायीहरूको क्षमता अभिवृद्धि, समन्वय, नीति संवाद तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार