पेट्रोल प्रतिलिटर २ र डिजेल/मट्टीतेल ३ रुपैयाँले बढ्यो



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य ३ रुपैयाँ बढेको छ। नयाँ मूल्य गएरातिदेखि नै लागू भएको हो।

भारतीय आयल निगमबाट पेट्रोलमा २.४५ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ बढी मूल्यसूची आए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले नेपालमा क्रमशः २ रुपैयाँ३ रुपैयाँ मात्रै बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची

पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी, वीरगन्ज)

  • पेट्रोल: रु. 158.50 प्रति लिटर

  • डिजेल/मट्टीतेल: रु. 144.50 प्रति लिटर

दोस्रो वर्ग (सुर्खेत, दाङ)

  • पेट्रोल: रु. 160 प्रति लिटर

  • डिजेल/मट्टीतेल: रु. 146 प्रति लिटर

तेस्रो वर्ग (काठमाण्डौ, पोखरा, दिपायल)

  • पेट्रोल: रु. 161 प्रति लिटर

  • डिजेल/मट्टीतेल: रु. 147 प्रति लिटर

खाना पकाउने ग्यासको मूल्य भने अपरिवर्तित छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार