काठमाडौं । स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं बार्षिक साधारणसभा शनिबार खुसीबु, काठमाडौंमा सम्पन्न भएको छ।
अध्यक्ष प्रदीप भट्टको सभापतित्वमा सम्पन्न साधारणसभाले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लाभांश वितरणलगायतका प्रस्ताव पारित गरेको छ। साथै, आगामी आ.व. २०८२/०८३ का लागि बजेट, निर्वाचन, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरिएको छ।
साधारणसभामा प्रस्तुत वासलात अनुसार सहकारीको शेयर पूँजी ४ करोड ९० लाख ८८ हजार ८०० रुपैयाँ, निक्षेप दायित्व २५ करोड १४ लाख ४१ हजार ७८२ रुपैयाँ र कर्जा लगानी २३ करोड ३३ लाख ९० हजार १०० रुपैयाँ पुगेको जनाएको छ। संस्थाको जगेडा कोष एक करोड ८५ लाख १० हजार ७७९ रुपैयाँ रहेको र चालु आ.व.को असार मसान्तसम्म ३८ करोड २७ लाख ८८ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको जानकारी गराइएको थियो।
कार्यक्रममा आ.व. २०८१/०८२ मा उत्कृष्ठ कारोबार गर्ने शीर्ष १० सदस्यलाई ‘वर्ष सदस्य २०८२’ का रुपमा सम्मान गरिएको थियो।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी तथा कारोबारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा सहकारीको नयाँ कार्यकालका लागि अध्यक्षमा पुनः प्रदीप भट्ट निर्वाचित भएका छन् भने अन्य संचालक सदस्यहरू पनि चयन गर्दै साधारणसभा सम्पन्न भएको हो।





