आशुतोष इनर्जीको आठौं साधारण सभा सम्पन्न



काठमाडौं । आशुतोष इनर्जी लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीले अघिल्लो आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्दै हासिल भएका उपलब्धि र आगामी योजनाबारे विस्तृत जानकारी दिएका थिए ।

सभा मार्फत आ.व. २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरिएको छ । त्यस्तै, आगामी वर्षमा नवीकरणीय उर्जा क्षेत्रमा लगानी विस्तार गर्ने र उत्पादन क्षमतामा वृद्धि गर्ने योजनाबारे पनि सभामा छलफल भएको थियो ।

साधारण सभाले लेखापरीक्षक नियुक्त गर्ने निर्णयसँगै लाभांश वितरणसम्बन्धी प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार