काठमाडौं | प्रभावकारी लगानीलाई आफ्नो प्रमुख प्राथमिकता बनाउँदै आएको निजी इक्विटी कम्पनी ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज १७औँ वार्षिक साधारणसभा (एजीएम) सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको ह्याथवेले दीर्घकालीन वृद्धिसँगै सामाजिक प्रभाव हुने क्षेत्रमा पूँजी प्रवाह गर्दै आएको छ। यसको लगानी पोर्टफोलियोमा बीमा, बैंकिङ, जलविद्युत्, युटिलिटी र आतिथ्य उद्योग जस्ता मुलुकको आर्थिक प्रगतिका लागि आधारभूत क्षेत्रहरू समावेश छन्।
कम्पनीले वित्तीय लगानी मात्र नभई आफ्ना लगानीप्राप्त कम्पनीहरूलाई सुशासन सुदृढीकरण, सञ्चालन सहजता, मापदण्ड निर्माण र रणनीतिक सम्पर्क विस्तारमा समेत सहयोग गर्दै आएको छ। यस किसिमको समग्रिक दृष्टिकोणले ह्याथवेलाई केवल लगानीकर्ता मात्र नभई दीर्घकालीन विकास साझेदारको रूपमा स्थापित गरेको छ।
साधारणसभामा शेयरधारकहरूलाई कम्पनीको प्रगति, आगामी रणनीति तथा नेपालमा प्रभावकारी लगानी विस्तार गर्ने लक्ष्यबारे जानकारी दिइयो। व्यवस्थापनले ह्याथवेको लचिलो लगानी मोडेल नै यसको प्रमुख शक्ति रहेको बताउँदै विभिन्न क्षेत्रमा सहजै अनुकूलन गर्दै दिगो मूल्य सृजना गर्न सफल भएको उल्लेख गर्यो।
बैठकमा कम्पनीले रोजगार सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा सामाजिक–आर्थिक समस्याको समाधानमा योगदान दिने किसिमका लगानीलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता जनायो।
१७औँ वार्षिक साधारणसभासँगै ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नाफा र उद्देश्यलाई एकसाथ अघि बढाउने दृष्टि दोहोर्याउँदै नेपालको निजी इक्विटी क्षेत्रलाई समावेशी र दिगो विकासतर्फ उन्मुख गराउने आफ्नो भूमिकालाई झन् प्रष्ट पारेको छ।





