काठमाडौं । सद्भाव बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार (१४ भदौ, २०८२) कोटेश्वरस्थित के.एम. व्यांक्वेटमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष चन्द्र प्रसाद हुमागाईंको सभापतित्व तथा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्य रहेको थियो।
सभाले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। साथै, आगामी ४ वर्षका लागि चन्द्र प्रसाद हुमागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवनिर्वाचित कार्यसमिति:
-
अध्यक्ष : चन्द्र प्रसाद हुमागाईं
-
उपाध्यक्ष : भवनाथ हुमागाईं
-
सचिव : विदुर हुमागाईं
-
कोषाध्यक्ष : रामसुन्दर हुमागाईं
-
सदस्यहरू : सिता बजगाईं, पार्वती गौतम सापकोटा, झम्क प्रसाद तिमिल्सिना, राजु हुमागाईं, बालकृष्ण हुमागाईं
लेखा सुपरिवेक्षण समिति:
-
संयोजक : गोविन्द प्रसाद हुमागाईं
-
सदस्यहरू : उमेशराज न्यौपाने, राजन हुमागाईं
आ.व. २०८१/८२ मा सहकारीको शेयर पूँजी रु. १ करोड ८० लाख २ हजार ७ सय पुगेको छ भने आगामी वर्ष शेयर पूँजी रु. १ करोड ९५ लाख पुर्याउने लक्ष्य राखिएको छ। समीक्षा वर्षमा संस्थाको बचत निक्षेप रु. ८ करोड ३६ लाख ११ हजार ५३०।४४, कर्जा लगानी रु. ७ करोड ६२ लाख ४१ हजार १८४।५७ र अन्य सहकारी संघमा रु. २ लाख १० हजार लगानी भएको छ। त्यस्तै, जगेडा तथा अन्य कोषमा जम्मा रु. २५ लाख ६ हजार ३३२।११ र वार्षिक खुद नाफा रु. ९ लाख १६ हजार ६८६।३१ कायम भएको संस्थाले जनाएको छ।
साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता, ज्येष्ठ नागरिक, उत्कृष्ट उद्यमी, एसईई सम्मान तथा उत्कृष्ट कर्मचारी सम्मान समेत प्रदान गरिएको थियो।





