काठमाडौं । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले नेपालमा व्यावसायिक शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने उद्देश्यसहित दुई नयाँ कार्यक्रम घोषणा गरेको छ। कलेजले सुरु गरेका कार्यक्रमहरूमा ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’ रहेका छन्।
कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका अनुसार, यी कार्यक्रमहरूले स्नातकहरूलाई शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चितता अन्त्य गर्नेछन्।
उनले भने, “हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौँ।”

अप्रेन्टिससिप कार्यक्रम
यो कार्यक्रम नेपालका प्रमुख उद्योग तथा उद्यमसँग साझेदारी गर्दै योग्य स्नातकलाई रोजगारी सुनिश्चित गर्नेछ।
मुख्य विशेषताहरूः
-
उद्योगको तालिम आवश्यकताको मूल्याङ्कन (TNA) अनुसार रोजगारी अवसर
-
पूर्वनियोजित संरचना
-
व्यावसायिक परामर्श र नियमित मूल्याङ्कन
-
दीर्घकालीन साझेदारी सम्झौता
यसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिने अपेक्षा गरिएको छ।
स्टार्टअप क्षमता विकास कार्यक्रम
यस कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम सञ्चालनमा रहेका र वार्षिक कारोबार १५ करोडभन्दा कम भएका व्यवसायलाई लक्षित गरेको छ।
नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी यो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्नेछ।
प्राथमिकता दिइने व्यवसायः
-
नवप्रवर्तनमूलक
-
मापन योग्य
-
बजारमा प्रभाव पार्न सक्ने
ठाकुरका अनुसार, “नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतमा पहुँच सीमित छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ।”
आवेदन प्रक्रिया
अप्रेन्टिससिप कार्यक्रमका लागि:
-
सीप मूल्याङ्कन
-
कलेजको प्रमाणीकृत शैक्षिक तथा सीपमूलक कागजात
-
संरचित अन्तर्वार्ता
स्टार्टअप कार्यक्रमका लागि:
-
कानुनी दर्ता प्रमाणपत्र र वित्तीय विवरण
-
व्यवसाय योजना
-
परीक्षण समीक्षा (Due Diligence)
इम्बार्क कलेजले यी कार्यक्रममार्फत नेपालमा समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माण र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।





