विद्यालय शिक्षा विधेयकको छलफलमा शिक्षक नियुक्तिको विषय पेचिलो बनिरहेका बेला सत्ताधारी मुख्य दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले शतप्रतिशत खुल्लाको माग गर्दै सडकमा प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ नेपाल कर्मश क्याम्पस एकाईले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेर दर्जनौ विद्यार्थीलाई गिरफ्तार गरेको छ ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १६ गतेको बैठकमा ७५ /२५ गर्नु पर्ने अडान राखेका थिए । सोही अडानका कारण विधेयक माथिको छलफल नै स्थगित भएको थियो ।
सरकारले सदनमा पेश गरेको विधेयकमा आन्तरिकमा ५० र खुल्लामा ५० प्रतिशतको प्रस्ताव छ । समितिले गठन गरेको उपसमितिले खुल्लामा ७५ र आन्तरिकमा २५ प्रतिशत गर्नु पर्ने सहमती गरेको थियो । तर, कांग्रेसकै सांसदले उक्त सहमती प्रति विमती जनाएपछि विधेयक माथिको छलफल नै पेचिलो बन्दै आएको छ ।
उता शिक्षक महासंघको नेतृत्वमा पनि यतिबेला कांग्रेसकै नेपाल शिक्षक संघका नेता लक्ष्मीकिशोर सुवेदी छन् । महासंघ सकेसम्म सतप्रतिशत खुल्ला प्रतिस्पर्धा गर्न पाए हुने भन्दै गफ दिन बाँकी राख्दैनन् । यसरी शिक्षा विधेयक गिजोल्न कांग्रस किन लागेको छ ? कसको स्वार्थमा विधेयक गिजोलिँदै छ? शिक्षा समितिमा नयाँ सदस्यको रुपमा भित्रिएका श्याम घिमिरेले हरेक बैठकमा किन उत्तेजित हाउभाउ देखाए ? यसको उत्तर कांगेससँग खोज्ने कि ?





