काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी पूरा गरेको छ । केन्द्रीय बैंकले शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तयार गरेको पहिलो मौद्रिक नीति उदार रहेको एक जानकार स्रोतले जानकारी दियो ।
गभर्नरको सोच अनुसार व्यवस्थापन समितिले तयार गरेको मौद्रिक नीतिमा सञ्चालक समितिले धेरै काटछाट नगरे संयमित खुकुलो नीति आउने स्रोतले बतायो ।
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार





