काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं राष्ट्रिय महाधिवेशनबाट हंसबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन्। उनी यसअघि दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी र महिला उपाध्यक्षमा अम्बिका चापागाई चयन भएका छन्। महासचिवको जिम्मेवारी प्रकाश खनाल छन् भने उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा वेणु काफ्ले र कोषाध्यक्षमा नरबहादुर रावल चयन भएका छन्।
महाधिवेशनले काठमाडौँबाट राष्ट्रिय समिति सदस्यमा माधवप्रसाद ओली, राधा पौडेल र चिना शर्मालाई चयन गरेको छ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार





