फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। आज तोलामा ४ सय रुपैयाँ बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ४ सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज एक तोला चाँदी २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार