काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले असार १५ गते शिक्षा विधेयक पारित हुने सम्भावना नरहेको बताएका छन् । शनिबार बसेको समिति बैठकमा उनले यस्तो बताएका हुन् ।
समितिमा विधेयकको विषयमा पर्याप्त छलफल नभएको उल्लेख गर्दै थापाले १५ गते नै पारित हुने सम्भावना नभएको बताए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार





