एकैदिन तोला तीन हजार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार