पूर्वशिक्षामन्त्री श्रेष्ठको शिक्षकलाई सुझाव: यसपालि सहमतिबाट पछि नहट्नुहोला



काठमाडौं । पूर्वशिक्षामन्त्रीसमेत रहेका नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरूलाई सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षकले आन्दोलन गरेर सरकारसँग सहमति कायम गरेको बताए ।

ननले पटकपटक गरिएका सहमति लागु हुन नसकेको भए पनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताए। शिक्षकका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने उनको भनाइ छ ।

“शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको छ । पटकपटक सहमति गर्नुभएको छ । लागु भएको छैन । योपटक तपाईंहरूले नछोड्नुहोला । योपालि गज्जबसँग सहमति गर्नुभएको छ । जति प्राप्त गर्नुभएको छ, त्यो पूरा गर्ने काममा लाग्नुस्,” उनले भने ।

अधिकार मागेर नपाइने भन्दै उनले खोसेर लिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार