नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार





