तोलामा ५ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदेछ कारोबार?



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार