काठमाडौंको कुलेश्वरस्थित एटलस बचत तथा ऋण सहकारी सस्थाले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सोल्टीमोड, काठमाडौंमा सस्थाका अध्यक्ष माणिकलाल प्रधान तथा रास्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष बिजयराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
आ.व. २०८०/०८१ को लेखापरिक्षक प्रतिबेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने लाभांश वितरण सम्बन्ध, आगामी बजेट सम्बन्ध, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ५३ लाख ७५ हजार ३०० रुपैयाँ भइ निक्षेप हिसाब ४७ करोड ७१ लाख ८० हजार ७८४ रुपैयाँको भएको छ । यसैगरी ३७ करोड ५९ लाख ८६ हजार ६१५ रुपैयाँ कर्जा तथा लगानी रहेको सो सहकारीले १ करोड १० लाख ६६५ रुपैयाँ नाफा आर्जन गरी चालू आ.व.मा ६१ करोड ८९ लाख १९ हजार ७१५ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।





