तोलामा १४ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार