बागमती प्रदेशसभा बैठक बस्दैः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने



बागमती प्रदेशसभाको बैठक बुधबार बिहान ११ः०० बजे हुँदैछ। बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार