शिक्षक आन्दोलन टाइँ टाइँ फिस्स बनाएका सुवेदी भन्छन्ः अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन



काठमाडौँ । नेपाल शिक्षल महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फेरी आन्दोलन गर्ने धम्की दिएका छन् । शिक्षा उपसमितिको प्रतिवेदन सार्वजनिक भएसँगै उनको यस्तो प्रतिक्रिया आएको हो । २९ दिन लामो शिक्षक आन्दोलन टाइँ टाइँ फिस्स बनाएर ९ बुँदे सम्झौता गरेको शिक्षक महासंघ उपसमितिको प्रतिवेदनपछि छाँगाबाट खसे जस्तो भएको छ ।

अप्रत्यासित आन्दोलन अन्त्यपछि ज्यान जोगाउन धौधौ बनाएर भागेका नेतृत्व फेरी सामाजि संजालमा आदोलनको धम्की दिन धालेका छन् । कि जितिन्छ कि बितिन्छ भन्दै शिक्षकको गोजी रित्तै बनाएकाहरुले फेरी आन्दोलनको धम्की दिएपछि शिक्षकहरु भने आश्चर्य चकित भएका छन् । राजनीतिक दलका सिमिति नेताको दबाबमा आन्दोलन सिध्याएकाहरुले गर्ने आन्दोलनमा शिक्षकहरु कति आउलान् त्यो भने हेर्न बाँकी छ ।

यस्तो छ सामाजिक संजालमा सुवेदीले लेखेको स्टाटसः

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार