शिक्षा विधेयक: शिक्षकको विशिष्ट श्रेणी राख्ने सहमती, १२ वर्षमा आवधिक बढुवा



विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणी राख्ने सहमती भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिमा यस्तो सहमती भएको हो ।

विद्यालय शिक्षकको तह, आवधिक बढुवा, शिक्षकहरुको सरूवा, अवकाश लगायत विभिन्न विषयमा समझदारी जुटेको जनाइएको छ। समझदारीअनुसार कानुन पारित भए देशमा दुई प्रकारका शिक्षक हुने छन्।

आधारभूत तहमा कक्षा ३ सम्म कक्षागत शिक्षक र कक्षा ४ देखि ८ सम्म विषयगत शिक्षक रहनेछन् । यस्तै, माध्यमिक तहमा कक्षा ८ देखि कक्षा १२ सम्म विषयगत शिक्षक हुनेछन्।

शिक्षकहरूको श्रेणी पनि तीनवटा हुनेछ– प्रथम, द्वितीय र तृतीय । सेवा प्रवेश तृतीय श्रेणीबाट हुनेछ। यो तहमा काम गरेको १२ वर्षमा आवधिक बढुवा भएर द्वितीय श्रेणीमा पुग्नेछ। द्वितीयबाट प्रथम श्रेणीमा पुग्न १५ वर्ष सेवा अवधि पुग्नुपर्छ। प्रथम श्रेणीमा ७ वर्ष काम गरेको शिक्षक विशिष्ट श्रेणीमा पुग्नेछ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार