आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज -बिहीबार_ सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
बुधबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार