एकै दिन १७ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार