प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक–२०८० मा राहत र अस्थायी प्रकृतिका शिक्षकलाई शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्दा एक पटकको लागि ५० प्रतिशत आन्तरिक सहुलियत दिने सहमति जुटाएको छ।
१५ अनुच्छेद र १६३ वटा दफा रहेको शिक्षा विधेयकमाथि आइतबार छलफल सम्पन्न भएको हो । छलफलमा अस्थायी प्रकृतिका शिक्षकका लागि ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको अवसर दिने सहमति भएको हो।
उपसमितिले आइतबार विधेयकमाथिको दफावार छलफल समापन गरेको छ। अब उपसमितिले १० दिनभित्र विधेयकमा छलफल भएका विषयमा प्रतिवेदन तयार गरी समितिलाई बुझाउनेछ। समितिले प्रतिवेदन अध्ययन गरी विधेयकको अन्तिम टुंगो लगाएपछि संसद्मा जानेछ।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार





