आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार