काठमाडौं । आन्दोलनमा आएका शिक्षकहरु महासंघले धोका दिएको भन्दै सामाजिक संजालमा असन्तुष्टि पोखिरहेका छन् । महासंघले हातहाती ऐन लिएर जाने भन्दै काठमाडौं बोलाएपछि आन्दोलनमा होमिएका शिक्षकहरु ९ बुँदे सहमति गरेर नेतृत्वले माछामाछा भ्यागुतो बनाएको भन्दै असन्तुष्ट बनेका छन् ।
यसअघिको शिक्षामन्त्रीले ल्याएको ७ बुँदेभन्दा खत्तम ९ बूँदे भएकोभन्द्यै नेतृत्वमाथि शिक्षकहरु आक्रोशित भएका हुन् । विद्यालय कर्मचारी, निजी विद्यालयका शिक्षक, इसीडी शिक्षक र स्थायी शिक्षकका आवधिक बढुवाका कुनैपनि माग ९ बुँदेमा नसकेटिएपछि आक्रोश चुलिएको हो ।
नेतृत्वले आन्दोलन तुहाएको भन्दै खिन्न मन लिएर शिक्षकहरु विद्यालय फर्किँदैछन् । उनीहरु भन्छन्ः शिक्षक भन्छन्ः न जितियो न बितियो बेर्थै गोजि रित्तियो ।
प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार





