नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य बुधबार भने घटेको हो। यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा झरेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको हो। यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





