एकैदिन तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



नेपाली बजारमा शुक्रबार छापावाल सुन-चाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ पुगेको थियो।

बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको महासंघको तथ्यांकले देखाएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हाे। बुधबार चाँदी प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार