सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ। गत शुक्रबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेकोमा हिजो अर्थात् बुधबार भने केही घटेको थियो।

आज सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ बढी हो। यस्तै बुधबार भने प्रतितोला एक लाख ७९ हजार एक सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार भने सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।यसैगरी, बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार